अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य, मोनांकको शतक – Nepal Press

अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य, मोनांकको शतक

काठमाडौं । विकेट किपर ब्याट्सम्यान मोनांक पटेलले उत्कृष्ट शतकीय पारी खेलेपछि अमेरिकाले पहिलो एक दिवसीयमा नेपाललाई २३१ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै अमेरिकाले २३० रनको स्कोर खडा गरेको हो ।

टस जितेर अमेरिकाले पहिलो ब्याटिङ रोजेको थियो । नियमितरुपमा अमेरिकाले विकेट गुमाइरहे पनि एउटा इन्डमा मनांकले पकड जमाइरहे । उनी ११४ बलमा १०० रन बनाएर आउट भएका थिए ।

मोनांकको ब्याटिङमा निर्भर देखिएको अमेरिकाका लागि निस्राग पटेलले २१, करिम गोरे र सुशान्त मोडानीले १६/१६ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने, विक्रम शोब, सुशन भारीले २/२ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए । नेपालका तीव्र गतिका बलरहरू सोमपाल कामी र करण केसी विकेट बिहीन रहँदा सुशनले १० ओभरमा ३१ रन मात्रै खर्चिएर २ विकेट लिएका थिए ।

विश्व कप लिग-२ अन्तर्गत ओमान-अमेरिका-नेपालबीच आजदेखि सुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भोलि नेपालले ओमानसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर