सामाजिक उत्तरदायित्व अन्तर्गत भदौमा मुक्तिनाथ बैंकको ५ सहयोग – Nepal Press

सामाजिक उत्तरदायित्व अन्तर्गत भदौमा मुक्तिनाथ बैंकको ५ सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भदौमा ५ सहयोग गरेको जनाएको छ ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम मिडिया इन्टरनेसनल प्रा. लि लाई सहयोग गरेको छ । यसैगरी कास्कीको मालपोत कार्यालयका सेवाग्राहीका लागि प्रतीक्षालय कुर्सी सहयोग गरिएको गरिएको छ ।

बालबालिकाको शिक्षामा टेवा पुर्‍याउनका लागि रेष्ट फाउन्डेसन अन्तर्गत बालबालिका लागि चाहिने किताब दराज निर्माण गर्न ४० हजार सहयोग गरिएको छ ।

यसैगरी आर्थिक स्थिति कमजोर भएका कास्कीका २८ वर्षीय प्रकाश बरालको मिर्गौला प्रत्यारोपणका लागि ५० हजार सहयोग गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर