बंगलादेशविरुद्ध नेपाल: पहिलो हाफ गोलरहित बराबरी (तस्बिरहरु) – Nepal Press

बंगलादेशविरुद्ध नेपाल: पहिलो हाफ गोलरहित बराबरी (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।

गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा नेपालले अग्रता बनाउन सकेन । प्रतिस्पर्धात्मक खेलको छैठौं मिनेटमा नेपालकी गोलकिपर अन्जना राना मगरले गरेको गल्तीको फाइदा उठाउन नसक्दा बंगलादेशले पनि अग्रता लिने मौका गुमाएको थियो ।

एएफसी वुमेन्स एसियन कप २०२२ को छनोट चरणका खेलको तयारी स्वरुप बिहीबार खेलेको पहिलो मैत्रीपूर्ण खेलमा उतारेको टोलीबाट प्रशिक्षक फिलिप्सले तीन परिवर्तन गरेका थिए ।

गत खेलमा सुरुआती-११ मा परेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना राना मगरलाई मौका दिएका छन् । यस्तै, सबिता रानाको स्थानमा अनिता बस्नेत मन्जली योञ्जनको स्थानमा रश्मी घिसिङले मौका पाएका छन् ।

बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दा डेब्यूट्यान्ट प्रीती राईले उत्कृष्ट प्रदर्शनसहित एक गोल गरेकी थिइन् । यस्तै, अर्को गोल सबिता रानाले गर्दा बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

नेपाली टोली: अन्जना राना मगर, पुजा राना, गिता राना, अम्रिता जैसी, हिरा कुमारी भुजेल, सरु लिम्बु, प्रीती राई, रेनुका नगरकोटी, अनिता बस्नेत, रश्मी घिसिङ र विमला चौधरी ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *