नेकपा एसको रुकुमपूर्व अध्यक्षमा भिउमान, २५ सदस्यीय सचिवालय कमिटी – Nepal Press

नेकपा एसको रुकुमपूर्व अध्यक्षमा भिउमान, २५ सदस्यीय सचिवालय कमिटी

रुपन्देही । नेकपा (एकीकृत समाजवादी) रुकुमपूर्वको अध्यक्षमा भिउमान घर्ती र सचिवमा भुवनेश्वर उपाध्याय चयन भएका छन् ।

एकीकृत समाजवादीको जिल्ला कमिटीको पहिलो बैठकले घर्तीलाई अध्यक्ष र उपाध्यायलाई सचिव चयन गरेको हो ।
एमाले विभाजनअघि उनी जिल्ला कमिटी सचिवको जिम्मेवारीमा थिए ।

घर्तीको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

बैठकबाट २५ सदस्यीय जिल्ला कमिटी सचिवालय पनि गठन गरिएको छ । बैठकमा कार्यविभाजन, कार्यालय सञ्चालन, आर्थिक व्यवस्थापन, गाउँपालिकामा संगठन विस्तार गर्ने जिम्मेवारी जिल्ला कमिटी सचिवालयलाई दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर