हिजोदेखि हराएकी बालिका मृत भेटिइन् – Nepal Press

हिजोदेखि हराएकी बालिका मृत भेटिइन्

रूपन्देही । गुल्मीमा शनिबार हराएकी तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । मदाने गाउँपालिका– २ बाझकटेरी सिरा टोला निवासी विष्णु पोखरेलकी छोरी आयुशा आइतबार बिहान घर नजिकैको खोल्सामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी पुरूषोत्तमप्रसाद पाण्डेका अनुसार उनी शनिबार बिहान हजुरआमासँग पञ्चमी पुजामा गएकी थिइन् । उनी खेल्दाखेल्दै हराएकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर