सत्ता गठबन्धनलाई महेश बस्नेतको चुनौती– यो सरकारको काम छैन, हिम्मत भए अर्ली इलेक्सनमा जाऔं – Nepal Press

सत्ता गठबन्धनलाई महेश बस्नेतको चुनौती– यो सरकारको काम छैन, हिम्मत भए अर्ली इलेक्सनमा जाऔं

‘अहिले संसादमा देखाएको कास्टिङ मात्रै हो, पेल्दै गए क्लाइमेक्स खतरनाक हुनसक्छ’

चितवन । नेकपा एमालेका नेता महेश बस्नेतले अर्ली इलेक्सनमा जान ढिलाइ गर्न नहुने तर्क गरेका छन् । नेपाल प्रेस चौतारी नेपाल चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सरकार विकृति र कुशासनको बाहक बन्न लागेको भन्दै अर्ली इलेक्सनमा जानुपर्ने तर्क गरेका हुन् ।

‘अहिलेको सरकार र संसदले विकृति, विसंगति मात्रै जन्माउँछ । कुनै कानून, कुनै विजनेस दिन सक्दैन’, उनले भने, ‘आजको सबैभन्दा उचित विकल्प अर्ली इलेक्सन हो ।’

‘चुनावमा धाँदली र सत्ता दुरुपयोगको आशंका कांग्रेसभित्रै भएकाले चुनावमा जाने हिम्मत गर्न आग्रह गरे । ‘कांग्रेसको बुद्धि पलाएको छ भने चुनावमा जाउँ’, उनले भने, ‘एमालेसँग चुनावमा भिड्ने आँट नभएरै सत्तारुढ दलहरु महागठन्धनमा लागेका छन् ।’

उनले राज्यको स्रोत साधान दुरुपयोग गरेर प्रतिपक्षलाई पेलेर नजान चेतावनीसमेत दिए । ‘अहिले हामीले संसदमा देखाएको कास्टिङ मात्रै हो, क्लाइमेक्स खतरनाक हुनसक्छ ।’

उनले सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक दलको निर्देशनमा हिँडेको आरोप पनि लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर