शशांक कोइराला भन्छन्– सभापतिको उम्मेदवारबाट ब्याक हुन्नँ – Nepal Press

शशांक कोइराला भन्छन्– सभापतिको उम्मेदवारबाट ब्याक हुन्नँ

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिएरै छाड्ने बताएका छन् । भरतपुर विमानस्थलमा नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘म व्याक हुन्नँ, सभापतिको उम्मेदवार हुँ ।’

उनले क्रियाशील सदस्यता वितरण विवादका कारण महाधिवेशन केही समय पर धकेलिनसक्ने पनि बताए । ‘२२ जिल्लामा विवाद छ, विवाद मिलाउन समय लागे महाधिवेशन केही पर धकेलिन सक्छ’ उनले भने ।

उनले अहिले प्रमुख प्रतिपक्षी एमालेले गरेको विरोध तथा अवरोधको तरिका ठीक नभएको बताए । ‘हुलदंगा सभ्य होइन’ उनले भने, ‘संसदीय मर्यादा त कायम गर्नुपर्छ नि !’

कांग्रेस र नेकपा एसले मन्त्री सिफारिस गर्न नसकेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर