एमाले स्थायी कमिटी बैठक जारी,जिल्ला भेलाका कारण केही नेता अनुपस्थित – Nepal Press

एमाले स्थायी कमिटी बैठक जारी,जिल्ला भेलाका कारण केही नेता अनुपस्थित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको छ।

बैठकमा अधिकांश स्थायी कमिटी सदस्य उपस्थित भए पनि रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, किरण गुरुण र पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु अनुपस्थित छन् ।

रायमाझीले आफू पार्टीकै अर्को बैठकमा सहभागी रहेको नेपाल प्रेसलाई बताए । सचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पनि गण्डकीमा रहेकाले सहभागी भएका छैनन् ।

एमालेको विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो । हिजो बस्ने भनिएको बैठक संसदको कारवाहीले असर गरेपछि अन्तिम समयमा स्थगित भएको थियो।

विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे बैठकमा छलफल हुने छ । त्यस्तै कार्यविभाजनबारे पनि निर्णय हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर