पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन – Nepal Press

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन

काठमाडाैं । भारतका लागि पूर्व नेपाली राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन भएको छ । ज्वाइँ अनिलकेशरी शाहका अनुसार राणाको ८५ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।

मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए ।

नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दुईपल्ट सदस्यसचिवको जिम्मेबारीमा रहेका थिए । २०५० देखि २०५१ र २०५४ देखि २०५५ सम्म उनी सदस्यसचिव बनेका थिए । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष छन् ।

उनी भारतीय संयुक्त लगानीमा रहेको डावर नेपालका प्रवन्ध निर्देशकसमेत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर