वित्तीय सुशासनमार्फत पुँजी बजारमा सर्वसाधारणको लगानी संरक्षण गर्ने अर्थमन्त्रीको दावी – Nepal Press

वित्तीय सुशासनमार्फत पुँजी बजारमा सर्वसाधारणको लगानी संरक्षण गर्ने अर्थमन्त्रीको दावी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा वित्तीय शुसासन कायम गर्ने बताएका छन् । सदनमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिने बताएका हुन् ।

सरकारको मातहतमा रहेका केही सार्वजनिक संस्थालाई सरकारी स्वामित्व कम्पनी मोडलमा रुपान्तरण गरी पुँजी बजारमा सूचिकृत गर्दै लैजाने पनि बताए ।

यसैगरी, आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउँदै लैजाने नीति लिइने बताए । मन्त्री शर्माले प्रतिस्थापन बजेट प्रस्तुत गर्नुअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पछिल्लो समय सेयर बजार घटेपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेका कारण सेयर एकाएक उछाल आएको भन्ने प्रश्न गरेका थिए ।

उनले अर्थमन्त्रीले सेयर बढाउने र घटाउने जिम्मा अर्थमन्त्रीको हो भन्ने प्रश्नसमेत संसदमा राखेका थिए । जवाफमा मन्त्री शर्माले आफूले गभर्नरलाई फोन नगरेको र बजार घटाउने र बढाउने विषयमा आफ्नो भूमिका नभएको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर