एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने – Nepal Press

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सांसद रहेका नेताहरु प्रतिनिधिसभामा विरोध र नाराबाजीमा रहेकाले आज ४ बजेलाई निर्धारित बैठक शनिबार बिहान ९ बजे बस्नेगरि स्थगित भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

एमालेको विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो । स्थगनको सूचना आएपछि बैठकस्थलमा पुगेका नेताहरु फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर