एमालेले भन्यो- सभामुख माओवादी गुरिल्लाका रूपमा प्रस्तुत भए, अप्रिय घटना हुनसक्छ – Nepal Press

एमालेले भन्यो- सभामुख माओवादी गुरिल्लाका रूपमा प्रस्तुत भए, अप्रिय घटना हुनसक्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख निरंकुश र एकपक्षीय ढंगले चलेको भन्दै कुनै पनि बेला संसदमा अप्रिय घटना हुने चेतावनी दिएको छ ।

शुक्रबार दोस्रोपटक एमालेको अवरोधका बीच सदनको कारवाही अघि बढाएर १५ मिनेट स्थगन गरेका सभामुखले प्रमुख विपक्षसँग छलफल गरेका छैनन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखका कारण अप्रिय घटना हुन सक्ने चेतावनी दिए ।

भट्टराईले नेपाल प्रेससँग भने, ‘सभामुखमा जनयुद्धकालीन गुरिल्लाको अनुहार प्रकट भएको छ । प्रतिपक्षसँग परामर्श नगरी एकलौटी ढंगले माओवादी कार्यकर्ताको भूमिकामा प्रस्तुत हुने हो भने कुनै पनि बेला अप्रिय घटना हुन सक्छ ।’

उनले एमालेको विरोध यथावत रहेको बताए । कानूनविपरीत सभामुखले एमाले विभाजनमा भूमिका खेलेको भन्दै यसले संसदको बाँकी अवधि सहज नहुने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

One thought on “एमालेले भन्यो- सभामुख माओवादी गुरिल्लाका रूपमा प्रस्तुत भए, अप्रिय घटना हुनसक्छ

  1. गुरिल्लाको अनुहार र तानाशाही प्रबृती त तिमीहरुले शुरु गरेका हौ नि त्यसैले बुढापाका भन्ने गर्थे मलाई खाने बाघले तँलाई पनि खान्छ भनेकै यहि हो पहिले बुद्वी पुर्‍याएनौं के गर्ने त गुरिल्ला ज्यु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर