एमाले अवरोधबीच ओली सरकारले ल्याएका बजेटसम्बन्धी सबै अध्यादेश पेस – Nepal Press

एमाले अवरोधबीच ओली सरकारले ल्याएका बजेटसम्बन्धी सबै अध्यादेश पेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही अघि बढाएपछि बजेटसम्बन्धी तीन वटा अध्यादेश पेस भएका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेका अध्यादेश अस्वीकृत गरियोस् पर्ने सबै सूचनालाई अस्वीकृत गर्दै केपी ओली सरकारले ल्याएका बजेटसम्बधन्धी अध्यादेश प्रतिनिधिसभाको बैठकमा पेस भएका हुन् ।

अर्थमन्त्री जर्नादन शर्माले आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्योदश र विनियोज सम्बन्धी अध्योदश बैठकमा पेस गरे । एमाले सांसदहरूको अवरोध छलेर शर्मा दौडदै रोष्टम पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर