युएस ओपनको फाइनलमा इमा राडुकानु र लेला फर्नान्डेज भिड्ने – Nepal Press

युएस ओपनको फाइनलमा इमा राडुकानु र लेला फर्नान्डेज भिड्ने

काठमाडौं । बेलायतकी इमा राडुकानु वर्षको अन्तिम ग्रान्डस्लाम– युएस ओपनको फाइनलमा पुगेकी छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा राडुकानुले १७औं बरियताकी मारिया साक्कारीलाई ६–१, ६–४ को सेजमा पराजित गर्दै पहिलो पटक ग्रान्डस्लामको फाइनल यात्रा तय गरिन् । बेलायती १८ वर्षीया राडुकान ग्रान्डस्लामको इतिहासमै पहिलो पटक छनोट चरण खेलेर फाइनलसम्म पुग्ने खेलाडी बनेकी छन् ।

उपाधिका लागि शनिबार बिहान राडुकानुले क्यानडाकी १९ वर्षीया लेला फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन् । फर्नान्डेज पनि पहिलो पटक फाइनल पुगेकी हुन् । उनले सेमिफाइनलमा विश्व बरियताको दोस्रो स्थानकी आर्यना साबालेन्कालाई ७–६ (७–३), ४–६, ६–४ को सेटामा पराजित गर्दै मेडन फाइनल यात्रा तय गरिन् ।

युवा खेलाडी राडुकानु ४४ वर्षपछि बेलायतबाट ग्रान्डस्लामको महिला एकलतर्फ फाइनल पुग्ने पहिलो खेलाडी बनेकी छन् । भर्जिनिया वेड सन् १९७७ को विम्बलडन फाइनलमा पुगेकी थिइन् ।

उनी ६२ वर्षपछि कम उमेरमा ग्रान्डस्लामको फाइनल पुग्ने पहिलो बेलायती खेलाडीसमेत बनिन् । सन् १९५९ मा क्रिस्टाइन ट्रुमा १८ वर्षको उमेरमा फ्रेन्च ओपनको फाइनल पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *