यूसिजिएलको आठौं सम्मेलन सम्पन्न, कोभिड र स्थानीय सरकारको भूमिका लगायतका प्रस्ताव पारित – Nepal Press

यूसिजिएलको आठौं सम्मेलन सम्पन्न, कोभिड र स्थानीय सरकारको भूमिका लगायतका प्रस्ताव पारित

काठमाडौं । विभिन्न प्रस्ताव पारित गर्दै यूनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट (यूसिजिएल)को एसिया प्यासिफिकको आठौँ सम्मेलन सम्पन्न भएको छ । यूसिजिएलका अध्यक्ष अशोककुमार ब्याञ्जुको अध्यक्षतामा ७ सेप्टेम्बरदेखि सुरु भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो ।

सम्मेलनले स्थानीय सरकारमा कोरोनाले पारेको प्रभाव र त्यसपछिको महामारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विभिन्न देशका स्थानीय सरकारका प्रमुखले प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष व्याञ्जुका अनुसार विश्वभरका २ लाख ४० हजार बढी शहरको साझा संस्था यूसिजिएलमा एसिया प्यासिफिकबाट ७ हजार भन्दा बढी स्थानीय सरकार यूसिजिएलको सदस्य रहेका छन् ।

नेपालका पनि १० वटा स्थानीय तह सदस्य रहेको उक्त संस्थामा भारत, पाकिस्तान, चीन, जापान, दक्षिण कोरिया, इण्डोनेसियालगायतका देशका स्थानीय सरकार सदस्य रहेका छन् । सम्मेलनले आगामी विश्व सम्मेलन, आर्थिक तथा कारोनाको महामारीबाट छुटकारा पाउन स्थानीय सरकारको भूमिका लागायतका प्रस्ताव पारित गरेको छ ।

अध्यक्ष ब्याञ्जुले भने, ‘विशेष गरी स्थानीय सरकार र शहरहरुको दीर्घकालीन विकासका लागि कसरी अन्तर देशीय शहर र स्थानीय सरकारले सहयोग गर्न सक्छन भन्ने विषयमा छलफल भएको छ । हामी एसिया प्यासिफिकबाटमात्र ७ हजार भन्दा बढी स्थानीय सरकार यसको सदस्य छौं ।’ शहरभित्रलाई सुन्दर, शिक्षित र स्मार्ट बनाउँनका लागि आवश्यक पर्ने टेक्नोलोजी र अन्य स्रोत साधनको बारेमा पनि छलफल भएको अध्यक्ष ब्याञ्जुको भनाइ छ ।

नेपालको सांस्कृति र शहरी विकासको अवधारणलाई विश्वभर चिनाउनका लागि आठौं सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । उनले भने, ‘विश्वमा भएको शहरी विकासका अभ्यासहरुलाई नेपालमा कसरी ल्याउन सकिन्छ र नेपालको शहरी विकासको अभ्यास कस्तो छ भन्ने विषयमा पनि अनुभव साटाँसाट गर्यौ ।’ नेपालको मात्र नभएर विश्वभरीका नगरपालिका र स्थानीय सरकारको आगामी चुनौती के-के हुन्, यसका अवसर के-के हुन्, र एसियाली शहरको भविष्य निर्धारणका लागि घोषणापत्र जारि गरिने ब्याञ्जुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर