व्यापारीलाई धम्क्याएर पैसा लिएको आरोपमा दुई ‘पत्रकार’ पक्राउ(भिडिओ) – Nepal Press

व्यापारीलाई धम्क्याएर पैसा लिएको आरोपमा दुई ‘पत्रकार’ पक्राउ(भिडिओ)

कैलाली । व्यापारीसँग धम्काएर पैसा लिएको आरोपमा कञ्चनपुरमा दुई जना पत्रकार पक्राउ परेका छन् । नाइस टेलिभिजका रिपोर्टर वताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई व्यापारीसँग बार्गेनिङ गरेर २५ हजार रुपैया लिएको आरोपमा कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैया लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुले मोवाईल ग्यालरीबाट पैसा नदिएरै दुई ओटा पावर बैंक समेत लगेको प्रहरीले जनाएको छ ।

‘व्यापारीले बताएपछि हामीले उहाँलाई नियन्त्रणमा लिएका छौँ’ , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्तासमते रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपाले भने, ‘घटनाबारे हामी पनि अनुसन्धान गरिरहेका छौँ । ’

पसल दर्ता भए-नभएको छानबिन गर्न आएको भन्दै उनीहरुले पैसा मागेको प्रहरीले जनाएको छ । उनीहरुले बार्गेनिङ्ग सहित रकम लिएको सिसिटिभि क्यामेरामा समेत कैद भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर