क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध, कारोबारीलाई कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी – Nepal Press

क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध, कारोबारीलाई कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार नगर्न आग्रह गर्दै यसलाई गैह्रकानूनी ठहर गरेको छ ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ गैह्रकानूनी भएकाले कारोबार नगर्न–नगराउन सचेत गराएको हो ।

पछिल्लो समयमा क्रिप्टोकरेन्सीहरुको कारोबार , प्रयोग तथा माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने–गराउने काम भइरहेको बताएको छ ।

यस्ता कारोबारबाट सर्वसाधारण ठगिएको तथा ठगिनसक्ने देखिएकाले उक्त कारोबारमा संलग्न जो कोहीलाई पनि कानून बमोजिम कारवाही गर्ने चेतावनी नेपाल राष्ट्र बैंकले दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर