शहरी विकास मन्त्रालयमा २ सय ८९ अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत – Nepal Press

शहरी विकास मन्त्रालयमा २ सय ८९ अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । शहरी विकास मन्त्रालयमा दुई सय ८९ जना राजपत्राङ्कित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत भएको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयले विकास आयोजना तथा कार्यक्रमको लागि पठाएको दरबन्दी स्वीकृत गरेको हो ।

मन्त्रालयले गत वर्ष पनि राजपत्राङ्कित श्रेणीका दुई सय ९२ अस्थायी दरबन्दी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएको थियो । कतिपय अवस्थामा दरबन्दी अस्थायी भए पनि त्यहाँ स्थायी कर्मचारीबाटै परिपूर्ति गर्ने गरिन्छ भने धेरै जसो मन्त्री, सचिव तथा सहसचिवका आफन्तलाई जागिर खुवाउनका लागि करारमा राख्ने चलन रहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *