एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै – Nepal Press

एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डलले आज राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने भएको छ ।

आज बिहान काठमाडौं उत्रिएको सुमार नेतृत्वको टोलीले आजै अमेरिकी राजदूत बेरीसँग पनि भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको बालकोटमा भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

ओलीसँग भेटेपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । अनुदान सम्झौतालाई लिएर नागरिक तथा सत्तारुढ गठबन्धनबीचमै मतभेद कायमै रहँदा समर्थन जुटाउन सुमार काठमाडौं आएकी हुन् ।

सरकारबाट हटेपछि एमाले एमसीसीलाई लिएर अनिर्णित छ । सरकारमा रहँदा एमसीसी अनुमोदनमा दबाब दिएको एमाले प्रतिपक्षीमा गएसँगै अनिर्णित देखिएको हो ।


प्रतिक्रिया

2 thoughts on “एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

  1. No Mcc.हामी आफै धनी छौ US को गरिब लाई दिनु।हामी नेपाली लाई सहयोग चाहिन्न्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर