एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै
काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डलले आज राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने भएको छ ।
आज बिहान काठमाडौं उत्रिएको सुमार नेतृत्वको टोलीले आजै अमेरिकी राजदूत बेरीसँग पनि भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।
दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको बालकोटमा भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।
ओलीसँग भेटेपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । अनुदान सम्झौतालाई लिएर नागरिक तथा सत्तारुढ गठबन्धनबीचमै मतभेद कायमै रहँदा समर्थन जुटाउन सुमार काठमाडौं आएकी हुन् ।
सरकारबाट हटेपछि एमाले एमसीसीलाई लिएर अनिर्णित छ । सरकारमा रहँदा एमसीसी अनुमोदनमा दबाब दिएको एमाले प्रतिपक्षीमा गएसँगै अनिर्णित देखिएको हो ।
No Mcc.हामी आफै धनी छौ US को गरिब लाई दिनु।हामी नेपाली लाई सहयोग चाहिन्न्न।
Won’t need MCC to The Neplease.