अमेरिकाले भन्यो : एमसीसीको लेखापरीक्षण नेपालले गर्नसक्छ र बौद्धिक सम्पत्ति पनि नेपालकै – Nepal Press

अमेरिकाले भन्यो : एमसीसीको लेखापरीक्षण नेपालले गर्नसक्छ र बौद्धिक सम्पत्ति पनि नेपालकै

काठमाडौँ । अमेरिकाले एमसीसीको बौद्धिक सम्पत्तिमा नेपाल सरकारको हक लाग्ने जनाएको छ । सरकारले सोधेका ११ मूलप्रश्नको आज बेलुका जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले भनेकी छिन, ‘कम्प्याक्ट कार्यक्रमका सम्बन्धमा सिर्जित भएको सम्पूर्ण बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहन्छ । त्यस्तो बौद्धिक सम्पत्तिमा एमसीसीको कुनै पनि हक हुँदैन ।

सरकारले एमसीसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपालको हक हुने कि नहुने र लेखा परीक्षण नेपालले गर्न पाउने कि नपाउने भन्ने प्रश्न सोधेको थियो । बौद्धिक सम्पत्ति नेपाल सरकारकै हुने जवाफ अमेरिकाले दिएको हो ।

एमसीसीको लेखा परीक्षण नेपालको महालेखा परीक्षकले गरिरहेको पनि अमेरिकाले उल्लेख गरेको छ । साथै, लेखापरीक्षण महालेखा परीक्षकले गर्न सक्ने जवाफ दिइएको छ ।

‘सम्झौताको दफा ३.८ मा आयोजनाको लेखापरीक्षण अमेरिकी वा अमेरिकाबाट मान्यता प्राप्त लेखापरीक्षण संस्थाले गरेको कार्यलाई मात्र मान्यता दिँदा नेपालको महालेखा परीक्षकको अस्तित्व र वैधतामाथि प्रश्न उठाउनु अमान्य गर्नु कति उचित हुन्छ ? यसले राज्यको अस्तित्व र राज्यको संरचनालाई नै अमान्य गरेको ठहर्दैन र ? यही प्रक्रिया हुबहु लागू गरेमा लेखापरीक्षण गर्न पाउने अधिकारबाट राज्य नै वञ्चित हुँदैन र ?’ नेपालले सोधेको थियो ।

‘हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता होइन, नेपालको संविधानभन्दा माथि छैन’ (पूर्णपाठसहित)

अमेरिकाले भनेको छ, ‘दफा ३.८ ले किटानीका साथ नेपालको महालेखा परीक्षकको कार्यालयले एमसीए नेपालको लेखा परीक्षण गर्न सक्दछ भनेको र वास्तावमा त्यसरी नै लेखापरीक्षण भइरहेको पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर