गोकुललाई देउवाको आग्रह- नगर्नू भन्नु न, गोकुलको जवाफ-तपाईंहरूले नै त हो – Nepal Press
सदनमा अवरोध

गोकुललाई देउवाको आग्रह- नगर्नू भन्नु न, गोकुलको जवाफ-तपाईंहरूले नै त हो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा लफडा नगर्न एमाले सांसदहरूलाई सुझाव दिएका छन् । एमालेको अवरोधकाबीच तेस्रोपटक बसेको प्रतिनिधिसभा बैठकपछि देउवा र एमाले सांसद गोकुल बास्कोटासँग जम्काभेटमा उनले ‘भन्देखिनलाई नगर्नू भन्नु न’ भन्दै बाहिरिएका हुन् ।

एमालेको नाराबाजीकाबीच गृहमन्त्री बालकृष्ण खाण रोष्टममा पुग्दा सांसद गंगा चौधरी सतगौंवा रोष्टममै चढ्न खोजेपछि तनावग्रस्त भएको थियो । सभामुखले बैठक रोकेर बाहिरिएपछि पनि एमाले सांसदहरूको नाराबाजी रोकिएन ।

त्यसक्रममा देउवा र एमाले सांसद गोकुल बास्कोटा तथा गणेश पहाडी आमनेसामने भए । बास्कोटालाई देउवाले बोलाएर ओलीजीले नै यस्तो गर भन्नु भएको हो र ? भनेर सोधे ।

बास्कोटाको जवाफ थियो- यो हाम्रो प्रोटेस्ट हो, असंवैधानिक कामको विरोधमा ।

त्यसपछि देउवाले भने- नगर्नू भन्नु न ।

फेरि बास्कोटाले भने- यस्तो गर्न त तपाईंहरूले बाध्य पार्नुभएको हो ।

त्यसपछि देउवा नगर्नु भन्नु न भन्दै बाहिरिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर