नेपालको कूटनीतिक नोटलाई ‘जाँच्दै’ भारतीय विदेश मन्त्रालय – Nepal Press

नेपालको कूटनीतिक नोटलाई ‘जाँच्दै’ भारतीय विदेश मन्त्रालय

दिल्ली । दार्चुला घटनाबारे नेपालले पठाएको कूटनीतिक नोटलाई भारतले ‘जाँचिरहेको’ जनाइएको छ । भारतीय अखबार द प्रिन्टले मंगलबारको संस्करणमा नेपालको डिप्लोमेटिक नोटलाई ‘एक्जामाइन’ गरिरहेको उल्लेख छ ।

नेपालले सोमबार भारतीय दूतावासलाई दार्चुलाको तुइन काण्डबारे कूटनीतिक पठाएको थियो । चौतर्फी दबाबपछि सरकारले एक महीना ढिला गर्दै नोट पठाएको हो ।

गत जुलाई ३० मा तुइनमार्फत महाकाली नदी तर्ने क्रममा नेपाली नागरिक ३३ वर्षिय जयसिंह धामी भारतीय सशष्त्र सीमा बल (एसएसबी)ले डोरी फुस्काइदिएपछि खसेर बेपत्ता भएका थिए ।

भारतले यसअघि नेपालले औपचारिक जानकारी नदिएको र मिडियामार्फत आफूहरुले जानकारी पाएको जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर