प्रशिक्षकसहित तेक्वान्दो खेलाडी पलेशालाई सम्मान – Nepal Press

प्रशिक्षकसहित तेक्वान्दो खेलाडी पलेशालाई सम्मान

काठमाडौं । नेपाल तेक्वान्दो संघले टोकियो पारा ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।

मंगलबार नेपाल तेक्वान्दो संघद्वारा आयोजित एक कार्यक्रममा पलेशालाई नगद ५० हजार र लामालाई १० हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको हो ।

पलेशाले ओलम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल- २ पारा प्रशिक्षक लामाले २०१६ देखि पलेशालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए ।

पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा पारा तेक्वान्दो खेलाडीको विश्व वरीयामा ५ औं स्थानमा उक्लिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *