भारतीय क्रिकेटर शिखर धवनले पत्नीसँग गरे डिभोर्स – Nepal Press

भारतीय क्रिकेटर शिखर धवनले पत्नीसँग गरे डिभोर्स

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयषा मुखर्जीसँग सम्वन्धविच्छेद गरेका छन् । विवाहको ९ वर्षपछि उनीहरु औपचारिकरुपमा अलग्गिएका हुन् ।

आयषाले सामाजिक सञ्जलमा आफूहरुको सम्वन्धविच्छेदबारे औपचारिक पुष्टि गरेकी छन् । धवनको तर्फबाट भने कुनै पनि स्टेटमेन्ट आएको छैन ।

आयशाले आफ्नो दोस्रोपटक डिभोर्स भएको उल्लेख गरेकी छन् । उनको पहिलो विवाह एक अष्ट्रेलियन व्यापारीसँग भएको थियो । पहिलो श्रीमानका तर्फबाट उनका दुई छोरी छन् ।

सन् २०१२ मा धवनसँग उनको दोस्रो विवाह भएको थियो । फेसबुकमार्फत चिनजान भएर प्रेम बसेपछि उनीहरुले विवाह गरेका थिए । उनीहरुले सन २०१४ मा पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएका थिए ।

आयशाले इन्टाग्राममा लेखेकी छन्, ‘मलाई डिभोर्स शब्द नै फोहोरी लाग्थ्यो, तर अब म दुई पटककी डिभोर्सी भएकी छु ।’
पहिलोपटकको डिभोर्समा असाध्यै डर लागेको भए पनि अहिले चाहिँ आफू निर्धक्क रहेको उनले लेखेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर