लुम्बिनी एमाले पनि फर्कियो जेठ २ मैः प्रदेश अध्यक्षमा गिरी, सचिवमा ढकाल – Nepal Press

लुम्बिनी एमाले पनि फर्कियो जेठ २ मैः प्रदेश अध्यक्षमा गिरी, सचिवमा ढकाल

प्रदेशका सबै कमिटीलाई जेठ २ मा फर्काइने

रुपन्देही । नेकपा एमालेको लुम्बिनीले प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने निर्णय गरेको छ ।

बुटवलमा जारी प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमिश्वर ढकाल र सहसचिवमा दुर्गा थारुलाई जिम्मेवारी दिएको छ ।

एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा जारी बैठकले प्रदेशका १२ वटै जिल्लाका सबै कमिटीलाई जेठ २ को अवस्थामा फर्काउने एमाले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने निर्णय गर्दै नेकपा एकतापछि जोडिएका नेता कार्यकर्तालाई उचित व्यवस्थापनको खाका बनाइएको छ ।

१५ असारमा एमाले स्थायी कमिटी बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो ।

सोही निर्णय जिल्लास्तरमा समेत कार्यान्वयनमा लैजाने गरी छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले बताए ।

यसो गर्दा २०७५ जेठ २ अघि जो जिल्ला अध्यक्ष र पदाधिकारी थिए उनीहरु नै पुनः स्थापित हुनेछन् ।

प्रदेश कमिटीमा स्वतः सदस्य हुने जिल्ला अध्यक्षहरु राखेर केन्द्रलाई अध्यक्ष तोक्ने अधिकार दिने या बैठकबाटै टुंगो लगाउने भन्नेबारेमा छलफल चलिरहेको ती नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर