बोटलर्स नेपाल (तराई) लाई बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड – Nepal Press

बोटलर्स नेपाल (तराई) लाई बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आईक्यान) ले बोटलर्स नेपाल (तराई) लाई जेनेरल सेक्टर अन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ ।

उत्कृष्ट प्रस्तुतिकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि सम्मान प्रदान गरिएको हो ।

बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत वर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उपविजेताको रूपमा पुरस्कृत गरेको थियो ।

यस अवार्डले आगामी दिनहरूमा उपभोक्ता, आपूर्तिकर्ताहरू र सेयरधनीको हितलाई ध्यानमा राखेर अगाडि बढ्न हौसला प्रदान गरेको कम्पनीले बताएको छ ।

भदौ १३ गते इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आई.सी.ए.एन) का अध्यक्ष सीए मदन शर्माले कम्पनीका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन, र बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मण्डल संयुक्तरूपमा अवार्ड प्रदान गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर