सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार – Nepal Press

सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंकले थप २ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । प्रदेश २ सर्लाहीको ईश्वरपुर नगरपालिका- १५ सोकनाह बजार र प्रदेश १, सुनसरीको रामधुनी नगरपालिका- २ तित्रिवनमा सेवा थप गरिएको हो । यो सँगै सनराइजको शाखारहित बैंकिङ सेवा ८९ औं पुगेको छ ।

सेवा सञ्चालनका लागि सोकनाह बजारका जितेन्द्रकुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ । यी ठाउँबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायतका बैंकिङ सेवा दिइने बताइएको छ ।

बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर