निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय – Nepal Press

निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यस वर्षको निजामती सेवा दिवसका अवसरमा मंगलबार ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने, नेपालको लोकतान्त्रिक आन्दोलन र प्रजातन्त्र स्थापनाका योद्धा बीपी कोइरालाको स्मृतिमा राष्ट्रिय पुरस्कार स्थापना गर्ने पनि निर्णय गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम र स्वास्थ्य क्षेत्र सुधारका लागि सहुलियतपूर्ण ऋण स्वरुप प्राप्त हुने ५०–५० मिलियन अमेरिकी डलर बराबरको ऋण सहयोग स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी गराए । बैठकले राष्ट्रिय जनगणना ०७८ को संशोधित कार्यतालिका समेत स्वीकृत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर