सेयर धितोकर्जाको सीमा हटाउन लगानीकर्ताको दबाब, आमरण अनसनको चेतावनी – Nepal Press

सेयर धितोकर्जाको सीमा हटाउन लगानीकर्ताको दबाब, आमरण अनसनको चेतावनी

काठमाडौं । सेयर कर्जाको सीमाले लगानीकर्ता मारमा परेको भन्दै पुँजीबजार सुधार संघर्ष समितिले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्त माग गरेको छ ।

नेपाल राष्ट्र बैंकअगाडि उनीहरूले प्रदर्शन गरेका छन् । लगानीकर्ताले गभर्नर र अर्थमन्त्रीका आलोचना गरेका छन् । ४० लाख भन्दा बढी लगानीकर्तालाई असर गर्ने गरी नेपाल राष्ट्र बैंकको नीति आएको भन्दै गभर्नर अधिकारीको राजीनामा मागिएको छ ।

मार्जिन प्रकृतिको कर्जाको सीमा तत्काल फिर्ता नलिए ३० गतेभन्दा संघर्षलाई जारी राख्ने र भदौ ३० बाट आमरण अनसन बस्ने चेतावनी संघर्ष समितिले दिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रतिफल दिने समयमा प्रोजिभिनिङको सीमा बढाउने , मार्जिन प्रकृतिको कर्जामा क्याप लगाउनेजस्ता हस्तक्षेपकारी निजी लिएको भन्दै लगानीकर्ताले आक्रोश जनाएका छन् ।

ठूला लगानीकर्ताको अहित गरेर साना लगानीकर्ताको हित नहुने भन्दै उनीहरूले नियामक निकायहरू सच्चिनुपर्ने दबाब दिएका छन् । धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची प्रकाशन गर्नेदेखि वुक विल्डिङमार्फत आईपीओ जारी गर्ने जस्ता नीतिगत तयारीले लगानीकर्तालाई हतोत्साहित गर्ने काम गरेको लगानीकर्ताको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर