संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या – Nepal Press

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या

काठमाडौं । पूर्वी पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय चैनपुरको संचार शाखाका अनुसार एकाघरका ६ जनाको विभत्स ढंगले हत्या गरिएको हो । हत्या भएको परिवार कार्की थरका हुन् । घटनामा थप केही घाइते भएको खबरसमेत प्राप्त भएको प्रहरीले जनाएको छ ।

गाउँलेले घटनाको सूचना दिनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताइएको छ । विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मादी नगरपालिकाकी उपमेयर उर्मिला नेपाल सुवेदीका अनुसार टेकबहादुर कार्कीसहित उनका बुबा, श्रीमती, छोराछोरीलगायतको हत्या गरिएको खबर प्राप्त भएको छ । ‘हामीले थप बुझ्ने कोसिस गरिरहेका छौं । घटनास्थल विकटमा पर्छ । प्रहरी पनि जाँदैछन् । घटना किन र कसरी भयो भन्ने खुल्न सकेको छैन’, उनले नेपाल प्रेससँग भनिन् ।

 


प्रतिक्रिया

One thought on “संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या

  1. बढ्दाे अपराध लाई न्युनिकरण गर्न सरकारले सुरक्षा संयन्त्रलाई लाई वृद्धि गर्नु पर्छ,नेपाल प्रहरी र नेपाली सैनिकलाई दाेब्बरकाे संख्यामा वृद्धि गरि देशै भर मजबुत बनाउन जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर