नासुको सोमबारदेखि अन्तर्वार्ता हुन बाँकी सबै परीक्षा अनिश्चितकालका लागि स्थगित – Nepal Press

नासुको सोमबारदेखि अन्तर्वार्ता हुन बाँकी सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोक सेवा आयोगले यही सोमबारदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगको आइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगका अध्यक्षस्तररीय बैठकको निर्णयले धनकुटा, जलेश्वर, काठमाडौं पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६-०७७ मा विज्ञापन भई २०७८-०५-११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्रा), नायब सुब्बा वा सो सरह पदका नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, लेखा, राजश्व समूह० र व्यवस्थापिका संसद् सेवा, सामान्य प्रशासन समूह) का मिति २०७८-०५-२१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम परीक्षा स्थगित गरिएको आयोगका उपसचिव प्रकाश गुरुङले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर