शिक्षकले पाए सरुवा माग्दा चार महिनादेखि रोकिएको तलब – Nepal Press

शिक्षकले पाए सरुवा माग्दा चार महिनादेखि रोकिएको तलब

सुर्खेत । शिक्षकले अन्तरजिल्ला सरुवा माग्दा चार महिनादेखि रोकिएको तलब पाएका छन् । शिक्षक प्रेमप्रसाद आचार्यको डोल्पाको ठूलीभेरी आधारभूत विद्यालयबाट दैलेखको राष्ट्रिय विद्यालयमा सरुवा भएकै कारण  तलब रोकिएको थियो ।

ठूली भेरी नगरपालिकामा नगर शिक्षा तथा सम्बन्धित विद्यालयको प्रधानाध्यापकको मिलेमतोमा सरुवा मागेर अन्तरजिल्ला जाने शिक्षकहरुबाट कम्तिमा एक महिनादेखि चार महिनासम्मको तलब राख्ने गरेको समाचार प्रकाशित भएसँगै आचार्यले रोकिएले राेकिएकाे तलब पाएका हुन् ।

२०७६ साल कात्तिकमा आचार्य देवी आधारभूत विद्यालयमा हाजिर भएका थिए । उनले त्यहाँबाट दैलेखको भैरवी गाउँपालिका वडा नम्बर पाँचमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय थापावाडामा सरुवा मागेका थिए । उनी २०७८ जेठ पाँच गते उक्त विद्यालयमा हाजिर भएका थिए । उनले वैशाख ३१ गते डोल्पाको विद्यालयबाट रवानापत्र बुझेका थिए ।

उनले तत्कालीन विद्यालय निरीक्षक समेत रहेका हाल नगरपालिकाका निमित्त कार्यकारी प्रमुख डिलप्रसाद रोकाया र विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बुढाको मिलेमतोमा तलब रोकिएको आरोप लगाएका थिए ।

कार्यकारी प्रमुख आचार्यले विद्यालयको हितमा तलब रोकेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दु मल्लले आफूहरुले तलब दिने भनेर निर्णय गरिसकेको तर प्रधानाध्यापकले किन रोकेको भन्ने जानकारी नपाएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर