महासेठको दावी : एकीकृत समाजवादी खारेज हुन्छ, माधव नेपाल अरु दल प्रवेश गर्छन् – Nepal Press

महासेठको दावी : एकीकृत समाजवादी खारेज हुन्छ, माधव नेपाल अरु दल प्रवेश गर्छन्

जनकपुरधाम । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पदकै लागि माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् ।

नेकपा एमालेद्वारा जनकपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महासेठले माधव नेपालमाथि आक्रोश पोख्दै भने– विदेशी शक्तिले पार्टी फोड्न लगाएर माधव नेपाललाई हतियार बनायो ।

२२ सांसदलाई लगेर माधव नेपालले दर्ता गराएर एकीकृत समाजवादी पार्टी कानून विपरीत भएको उनको दावी छ । ‘कानूनविपरीत दर्ता गराएको पार्टी खारेज गर्न हुन्छ, सायद भोलि अदालतले फैसला गर्छ’, उनले भने, ‘त्यसपछि माधव नेपाल कांग्रेस, माओवादी वा जसपा प्रवेश गर्छन्, उनको अर्को विकल्प छैन ।’

दुवै टक माधव नेपालकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न बाध्य भएको नेता महासेठले बताए । ‘यदि २२ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको भए दोस्रोपटक संसद विघटन हुने थिएन’, उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर