सुरक्षाको मुख्य भूमिका हुने फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा – Nepal Press

सुरक्षाको मुख्य भूमिका हुने फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा

आउँदो सातादेखि चितवनमा छायांकन सुरु हुँदै

काठमाडौं । महिला प्रोटागोनिस्ट फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा भएको छ । योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्ने फिल्म आगामी सातादेखि छायांकनमा जाने भएको छ ।

सुरक्षा पन्त, कमलमणी नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको फिल्म छायांकन चितवनमा हुने भएको छ । कार्यशाला भैरहेको घरमै फिल्म छायांकन हुने क्रिएटिभ डाइरेक्टर निगम श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कँडेलले फिल्म निर्देशन गर्नेछन् । यो उनको डेब्यु फिचर प्रोजेक्ट हुनेछ । कात्तिक कर्नाटकले खिच्ने फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ ।

मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राखिएको क्रिएटिभ निर्देशक श्रेष्ठले जनाए । परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध गएर आफ्नै जीवन जिउन चाहने एक युवतीको संघर्ष फिल्मको कथ्य हो ।

सेप्टेम्बर १० देखि सुटिङ हुने फिल्मको सबै छायांकन चितवनमै हुने भएको छ । कोरोनाभाइरस महामारी रोकथामका लागि लागू गरिएको निषेधाज्ञा खुकुलो भएपछि अहिले काठमाडौं लगायतका केही जिल्लाले २५ जनाको उपस्थितीमा फिल्म छायांकनको अनुमति दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर