चितवनका दुई पत्रकारलाई प्रेस चौतारीले दियो जोखिम पत्रकारिता पुरस्कार – Nepal Press

चितवनका दुई पत्रकारलाई प्रेस चौतारीले दियो जोखिम पत्रकारिता पुरस्कार

चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाले जोखिम पत्रकारिता पुरस्कारसहित दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

चौतारीले आज आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र नारायणी अनलाइनका हिरालाल आचार्यलाई १० हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सो अवसरमा राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले नेपाली पत्रकारिता आवाजविहीनहरुको आवाज बन्नुपर्ने बताइन् ।

नेकपा एमाले चितवनकी अध्यक्षसमेत रहेकी रावलले एउटा सूचनाले जीवन जोगाउन र जीवन जान पनि सक्ने भएकाले यसप्रति पत्रकार सजग र सचेत हुनुपर्ने बताउँदै पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी रहेको जानकारी दिए ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया, प्रेस चौतारी नेपाल वाग्मती प्रदेश सहसंयोजक शिशिर सिंखडा, पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सङ्गठन चितवनका अध्यक्ष प्रकाश ज्ञवालीलगायतले पछिल्ला दिनमा पत्रकारिता क्षेत्रमा जोखिम बढ्दै गएको बताए ।

प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीलाई सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *