हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु – Nepal Press

हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु

रूपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका ९ का सन्जय विक रहेकाे प्रहरीले जानकारी दिएकाे छ । काठमाडौबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हाे ।

दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । चालक सहचालक सहित १३ जना यात्रु सवार रहेको वताइएकाे छ । गम्भीर घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुदटवल पठाइएकाे इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

हाइस सडकबाट १ सय मिटर तल खसेकाे स्थानीयले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *