विष्णु रिजालको जिकिर- माधव नेपाल अन्य दलमा विलय हुन्छन् – Nepal Press

विष्णु रिजालको जिकिर- माधव नेपाल अन्य दलमा विलय हुन्छन्

सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले माधवकुमार नेपालको नयाँ दल केही समयमै अन्य दलमा विलय हुने दावी गरेका छन् ।

एमाले जिल्ला भेलामा सहभागी हुन डोल्पा पुगेका नेता रिजालले माधव नेपाललाइ आफूले धेरै साथ दिए पनि उनी स्वार्थी बनेको आरोप लगाए । ‘माधव नेपाल आदरणीय व्यक्ति हुन् । तर, उनले आफूपछिका कार्यकर्ताको भाविष्य नहेरेर क्षणिक स्वार्थको लागि धेरै वर्ष त्याग गरेको, बलिदान गरेको पार्टी र जबज नै त्याग गरी नयाँ पार्टी खोलेका छन् ।’

एमाले फुटाएर अलग भएका १४ सांसदको पद सर्वोच्चले खारेज गरिदिने रिजालको जिकिर छ । सभामुख अग्नि सापकोटाले संसदमा पार्टीको कार्यकर्ताको भूमिका खेलेको उनले जिकिर गरे ।

‘माओवादी त्याग गरी एमाले प्रवेश गरेकालाई २४ घण्टामा कारवाहीको सूचना निकाल्ने तर एमालेको केन्द्रीय कमिटीको निर्णयबाट कारवाहीको सिफारिस गरिएका व्यक्तिलाई पदमुक्त गर्न कुन कानूनले छेक्यो’, उनको प्रश्न थियो ।

भदौ २० र २१ गते डोल्पाको जिल्ला भेला र जिल्ला कमिटी बैठक तय भएको छ ।


प्रतिक्रिया

One thought on “विष्णु रिजालको जिकिर- माधव नेपाल अन्य दलमा विलय हुन्छन्

  1. जस्को फेरो समाएर केक हुँ भन्न पायो, आजन्म फाइदा लियो, उसैलाई गाली! ओलीको लज्जा छोप्ने लङ्गौटी!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर