कोरोना भ्याक्सिन बोकेर फर्केका स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटनामा मृत्यु – Nepal Press

कोरोना भ्याक्सिन बोकेर फर्केका स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटनामा मृत्यु

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको कोभिड खोप बोकेर आउँदै गर्दा मोटरसाइकल दुघर्टनामा परी मृत्यु भएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र -८ मुरुमा कार्यरत सि.अ.हे.व. गोपाल बहादुर कार्की खोप लिएर आउने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो । भेरी नगरपालिकाका अनुसार कार्की मोटरसाइककमा खोप लिन आउँदै थिए ।

कोभिड- १९  विरुद्धको दोश्रो चरणको खोप लिएर स्वास्थ्य चौकी -९ स्थित भुर बाट फर्कने  क्रममा  वडा नं ८ र ९ को सिमानामा रहेको झुप्रा खोला नजिकैको भीरमा १६ गते साँझ मोटरसाइकल दुर्घटना हुदाँ उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख सिपी घर्तीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति शोक व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *