मुक्तिनाथ बैंकको डिबेञ्चर नेप्सेमा सूचीकृत – Nepal Press

मुक्तिनाथ बैंकको डिबेञ्चर नेप्सेमा सूचीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको डिबेञ्चर नेप्सेमा सूचीकृत भएको छ ।

मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ को प्रतिकित्ता १ हजारका दरले १२ लाख ५० हजार कित्ता नेप्सेमा सूचीकृत भएको बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८४/८५ मा परिपक्व हुने यस ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा दिइने छ ।

सानिमा क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनीमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री आव्हान गरिएको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जमा भदौ १५ को निर्णयअनुसार सूचीकृत गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर