विद्युत प्राधिकरणद्धारा झन्डै साढे ३ सय नयाँ कर्मचारीका लागि भर्ना खुला (सूचनासहित) – Nepal Press

विद्युत प्राधिकरणद्धारा झन्डै साढे ३ सय नयाँ कर्मचारीका लागि भर्ना खुला (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले झन्डै साढे ३ सय जना स्थायी नयाँ कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राधिकरण मातहतका विभिन्न कार्यालयका लागि विभिन्न पदमा ३ सय ३९ जना कर्मचारी भर्ना गर्न आवेदन खुला गरेको हो ।

अधिकृत र सहायकस्तरमा सह निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा आवेदन खुला गरिएको हो । लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुने प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । भर्ना हुन चाहाने इच्छुक उम्मेद्वारले अगामी असोज ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर आगामी असोज १४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर