गगन थापाको कित्ता परिवर्तन, महाधिवेशनको मुखैमा रामचन्द्र पक्षमा खुले – Nepal Press

गगन थापाको कित्ता परिवर्तन, महाधिवेशनको मुखैमा रामचन्द्र पक्षमा खुले

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका छन् । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् । अघिल्लो महाधिवेशनमा गगन सिटौला पक्षबाट महामन्त्री लडेका थिए ।

अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर