आफ्ना सांसद जोगाउन जसपा अध्यक्ष यादव जनकपुरमा, थप तीन सांसद लोसपामा लाग्दै – Nepal Press

आफ्ना सांसद जोगाउन जसपा अध्यक्ष यादव जनकपुरमा, थप तीन सांसद लोसपामा लाग्दै

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा जानबाट आफ्ना सांसद रोक्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनकपुर आएका छन् ।

जसपाका सांसद लोसपामा लाग्ने संभावना बढेसँगै यादव जनकपुर आएका हुन् । तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद प्रल्हाद गिरी गोस्वामीले आजै लोसपाको पक्षमा सनाखत गरेका छन् ।

स्रोतका अनुसार यादवनिकट भनेर चिनिएका जसपाका तीन सांसद पनि लोसपामा खुल्दैछन् । अहिलेसम्म जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरेका छन् ।

जनकपुर विमानस्थलमा अध्यक्ष यादवलाई स्वागत गर्न नेता कार्यकर्ताबीच प्रतिस्पर्धा चलेको थियो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु र नेता कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए ।

जसपा अध्यक्ष यादवको स्वागतमा हजारौं सवारीसाधनको लाइन लागेपछि जनकपुरधाममा सर्वसधारणले सास्ती पाएका छन् ।

बुधवार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुर आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर