बाँकेमा सुल्झिएन कांग्रेस क्रियाशील सदस्यता विवाद, भोलि वडा अधिवेशन नहुने सम्भाबना प्रबल – Nepal Press

बाँकेमा सुल्झिएन कांग्रेस क्रियाशील सदस्यता विवाद, भोलि वडा अधिवेशन नहुने सम्भाबना प्रबल

उजुरी लिएर युवा नेता केसी काठमाडौंमा

रुपन्देही । बाँकेमा नेपाली कांग्रेसको सदस्यता विवाद टुंगो नलागेपछि भोलिदेखि शुरु हन लागेको वडा अधिवेशन प्रभावित भएको छ ।

केन्द्रीय निर्वाचन तालिकाअनुसार शुक्रबार सबैभन्दा तल्लो तहको अधिवेशन हुने तय भएको छ । तर बाँके जिल्लाको क्षेत्र नम्बर १ मा रहेको विवाद समाधान भइसकेको छैन ।

क्रियाशील सदस्यतामा व्यापक धाँधली गरेको भन्दै उजुरीे लिएर युवा नेता पोषण केसी काठमाडौं गएका छन् । ‘सदस्यता विवादको कुरा मिलेको छैन, म यतै काठमाडौंमा नै छु, भोलिको निर्वाचन हुने संभव नै छैन’, उनले नेपाल प्रेसलाई बताए ।

नेपाल पत्रकार महासंघको केन्द्रमा दुई पटक अध्यक्षको प्रत्यासी रहेका केसी अहिले बाँकेको क्षेत्रीय सभापतिका दाबेदार हुन् । पूर्व पार्टी सभापति शुशील कोइरालाको नजिक मानिने केसी अहिले पनि कोइराला समूहमै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर