कोरोनाको कारणले १७ प्रतिशत होटल पूर्णरूपमा बन्द, १० लाखको रोजगारी जोखिममा – Nepal Press

कोरोनाको कारणले १७ प्रतिशत होटल पूर्णरूपमा बन्द, १० लाखको रोजगारी जोखिममा

काठमाडौं । कोरोनाको कारणले नेपालका १७ प्रतिशत होटल पूर्णरुपमा बन्द भएका छन् । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल भएका बेला व्यवसायीले १७ प्रतिशत होटल पूर्ण रुपमा बन्द भएको बताएका हुन् ।

परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधिसँग यस क्षेत्रमा कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका विषयमा छलफल भएको हो ।

यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिकरमजदूरको रोजगारी जोखिममा परेको उल्लेख गरेका छन् ।

छलफलमा सहभागीहरूले कोभिड १९ को संक्रमण बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेसँगै पर्यटक आगमन ठप्प रहेको उल्लेख गरेका छन् ।

उनीहरूले देशव्यापीरूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताएका छन् ।

पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघरसंस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरोत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन् ।

व्यवसायीहरूले पुनरोत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका छन् ।

यसैगरी पिसिआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि व्यवसायीले घोषणाअनुसारको सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसंघ अग्रस्थानमा रहेर काम गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर