युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त – Nepal Press

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारी नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका पूर्व बैंकर अधिकारीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विभिन्न बैंकमा गरेर २५ वर्ष काम गरेका अधिकारीले तत्कालीन सिटी विकास बैंकका साथै ओम फाइनान्स मिलेर बनेको ओम डेभलपमेन्ट बैंकमा गरी १५ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । बैंकरका साथै उनी कलेजका प्राध्यापक पनि हुन् । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रिय बहुमुखी क्याम्पसमा इन्टरपेनरसिप र बैकिङ विषयमा अध्यापन गराउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *