महोन्याल गाउँपालिका कार्यवाहक अध्यक्षसहित तीन सदस्यले रोजे नेकपा एस – Nepal Press

महोन्याल गाउँपालिका कार्यवाहक अध्यक्षसहित तीन सदस्यले रोजे नेकपा एस

कैलाली । कैलालीको महोन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पूजा बुढामगरसहित तीन जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

प्रदेश निर्वाचन आयोग, धनगढीस्थित कार्यालयमा पुगेर कार्यवाहक अध्यक्ष बुढामगरसहित कार्यपालिका सदस्य विशाल पहराई र वडा सदस्य चन्द्रकला कामीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

मोहन्याल गाउँपालिकामा अध्यक्ष नवलसिंह रावलको निधन भएपछि बुढामगरले कार्यवाहक अध्यक्ष सम्हाल्दै आइरहेकी छन् ।

यसअघि सोमबार मात्रै सुदूरपश्चिम प्रदेशसभाका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए ।

निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेशसभा र स्थानीय जनप्रतिनिधिहरूलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर