नेकपा एसलाई विष्णु रिजालको व्यंग्य– साइनबोर्ड झुण्ड्याउँदैमा पार्टी बन्दैन(भिडियो) – Nepal Press

नेकपा एसलाई विष्णु रिजालको व्यंग्य– साइनबोर्ड झुण्ड्याउँदैमा पार्टी बन्दैन(भिडियो)

दैलेख । नेकपा एमााले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एकीकृत समाजवादीप्रति लक्षित गर्दै साइनबोर्ड झुण्ड्याउँदै पार्टी नबन्ने बताएका छन् । नेकपा एमाले दैलेखले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विचार र कार्यकर्ताको जगबिना पार्टी बन्दैन ।’

मूल घर छाडेर हिँड्नेहरु एकदिन एमालेमै फर्कने दावी गर्दै रिजालले अहिले एमालेलाई कमजोर पार्न सबै शक्ति लागेको बताए ।

‘सत्ताको ताप र रापको बलमा ल्याइएको अध्यादेश र त्यसभित्र बुनिएको तानाबानाले नेकपा एमालेलाई कमजोर बनाएको भान पर्न सक्छ, तर त्यसको नतिजा चुनावले देखाउने छ’ उनले भने, ‘पार्टीभित्र अन्तरविरोध हुनु स्वभाविक हो, तर पार्टी फुटाउनु गलत छ ।’

नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढाले एकीकृत समाजवादीमा लागेकाहरु पनि क्रमशः एमालेमै फर्कने विश्वास व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर