लक्ष्मी बैंकको १३५औं शाखा सुनसरीको चिमडीमा – Nepal Press

लक्ष्मी बैंकको १३५औं शाखा सुनसरीको चिमडीमा

काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको बर्जु गाउँपालिका- ६ को चिमडीमा नयाँ शाखा खोलेको छ । बैंकको यो १३५औं शाखा हो ।

यो शाखासँगै लक्ष्मी बैंकको ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाको माग पूरा गर्न संजाल विस्तारलाई प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर