प्रभुको ऐश्वर्य योजना, महिलाले न्यूनतम ३ लाखसम्म लगानी व्यवस्थापन गर्न सक्ने – Nepal Press

प्रभुको ऐश्वर्य योजना, महिलाले न्यूनतम ३ लाखसम्म लगानी व्यवस्थापन गर्न सक्ने

काठमाडौं । प्रभु क्यापिटलले नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । तीजको अवसरमा महिलाहरूलाई केन्द्रित गरी आर्थिक सशक्तिकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्‍याउन उक्त योजना ल्याएको प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरूले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरू गर्न सक्नेछन् । यसमा क्यापिटलले वार्षिकरूपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्थासमेत गरेको छ ।

‘महिलालाई आर्थिकरूपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले उक्त योजना ल्याइएको क्यापिटलले जनाएको छ ।

यस योजनामा सलंग्न भएका ग्राहकहरूले यस क्यापिटलका अन्य पीएमएसका योजनामा जस्तै दैनिकरूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर